२०८३ साउन १० आइतबार

नेपाल लाइफको २०८३ सालको क्यालेन्डर सार्वजनिक

ई आर्थिक    आइतबार, चैत्र ८ २०८२
3.1K
Shares
नेपाल लाइफको २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सले आगामी वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार प्रधान कार्यालय कमलादीमा आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरेको हो।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको हो । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रूपमा क्यालेन्डर अनावरण गर्नु भएको हो । बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मार्गनिर्देशन प्रदान गर्नुहुने सम्पूर्ण संचालक पदाधिकारीहरू, आरोह–अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, सम्पूर्ण ग्राहक महानुभावहरू, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका बीमा अभिकर्ताहरू, माया स्नेह प्रदान गर्नुहुने शेयरधनी महानुभावहरू, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्नुहुने सबै सरोकारवालाहरूलाई नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ ।

आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउन नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहक सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाउने र समयसापेक्ष योजना ल्याइने बताउनु भयो । यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षा पूरा गर्न कम्पनी दत्तचित्त भएर लागिपर्ने कुरा व्यक्त गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij