२०८३ साउन १२ मंगलबार

पाल्पामा टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

ई आर्थिक    आइतबार, चैत्र ८ २०८२
1.1K
Shares
पाल्पामा टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

पाल्पा : पाल्पाको माथागढी गाउँपालिका–७ मा शनिबार साँझ भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी होमप्रकाश चौधरीका अनुसार गम्भीर घाइते तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।

यसअघि दुर्घटनामा अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ का २६ वर्षीय चालक चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह नगरपालिका–२ का २६ वर्षीय सुनिल नेपालीको घटनास्थलमै ज्यान गएको थियो।

शनिबार रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनापछि घाइते तीन जनालाई अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरिएको थियो भने चिदीको भैरहवामा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij