२०८३ साउन ११ सोमबार

प्रभु बैंकद्वारा “ग्लोबल मनी विक–२०२६” अन्तर्गत प्रभातफेरी कार्यक्रम आयोजना

ई आर्थिक    शुक्रबार, चैत्र ६ २०८२
2.2K
Shares
प्रभु बैंकद्वारा “ग्लोबल मनी विक–२०२६” अन्तर्गत प्रभातफेरी कार्यक्रम आयोजना

काठमाडौं ।  प्रभु बैंक लिमिटेडको कमलादी शाखाले “ग्लोबल मनी विक–२०२६” को अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। “बचत गर्ने बानी, सुरक्षित भविष्यको थालनी” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायत उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रभातफेरी र्‍याली कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी हुँदै पुनः कमलादी शाखामै आएर समापन गरिएको थियो। कार्यक्रममा बचत तथा वित्तीय सचेतनासम्बन्धी सन्देश बोकेका प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गरिएको थियो।

बैंकले देशभर आफ्ना ३१२ शाखा कार्यालय, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नाराका साथ प्रभु बैंकले आधुनिक प्रविधिको प्रयोग गर्दै गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij