२०८३ भाद्र २९ सोमबार

राप्रपा संसदीय दलको नेतामा शाही तथा सचेतकमा ओली नियुक्त

ई आर्थिक    बिहिबार, चैत्र ५ २०८२
2.8K
Shares
राप्रपा संसदीय दलको नेतामा  शाही तथा सचेतकमा ओली नियुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नयाँ नेतृत्व चयन गरेको छ। आज बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा दलको नेतामा ज्ञानेन्द्र शाही लाई चयन गरेको हो।

बैठकले प्रमुख सचेतकको जिम्मेवारी खुश्बु ओली लाई दिएको छ। नव–निर्वाचित नेतृत्वप्रति पार्टीले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको जनाएको छ।

राप्रपाले नयाँ नेतृत्व चयनसँगै पार्टीभित्र एकता सुदृढ हुने र प्रभावकारी संसदीय भूमिका निर्वाह हुने अपेक्षा गरेको छ।

हाल प्रतिनिधि सभामा राप्रपाको उपस्थिति ५ सदस्यीय रहेको छ, जसमा १ जना प्रत्यक्ष निर्वाचित तथा ४ जना समानुपातिक प्रणालीबाट निर्वाचित सांसद रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij