२०८३ भाद्र २९ सोमबार

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण (तस्बिरसहित)

ई आर्थिक    बिहिबार, चैत्र ५ २०८२
3K
Shares
समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण (तस्बिरसहित)

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि चयन भएका सांसदहरूलाई आज आयोजित कार्यक्रममा निर्वाचन आयोगले औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको हो। कार्यक्रममा विभिन्न छ वटा राजनीतिक दलबाट निर्वाचित कुल ११० जना सांसदलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

समानुपातिकतर्फ दलगत आधारमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेकपाबाट ९ जना तथा श्रम, संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४/४ जना सांसद निर्वाचित भएका छन्।

प्रमाणपत्र वितरणसँगै नयाँ प्रतिनिधिसभा गठन प्रक्रिया थप औपचारिक रूपमा अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij