२०८३ साउन ११ सोमबार

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार रुपैयाँ राहत दिइने

ई आर्थिक    बिहिबार, चैत्र ५ २०८२
1.2K
Shares
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार रुपैयाँ राहत दिइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार २० हजार रुपैयाँका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।

उनका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार २० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो।

‘प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पुर्‍याउनु हाम्रो दायित्व हो’, अध्यक्ष राईले भने, ‘क्षतिको विवरण संकलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताए। ती सबै परिवारलाई राहत उपलब्ध गराइने उनले जानकारी दिए।

हावाहुरीका कारण कच्ची तथा टिनका छाना भएका घरहरू बढी प्रभावित भएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij