२०८३ साउन १० आइतबार

एमएडब्लू वृद्धिद्वारा देशभर चैत १२ देखि १४ सम्म मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्दै

ई आर्थिक    बुधबार, चैत्र ४ २०८२
1.5K
Shares
एमएडब्लू वृद्धिद्वारा देशभर चैत १२ देखि १४ सम्म मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्दै

काठमाडौं।  एमएडब्लू वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ।

आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुने कम्पनीको भनाइ छ।

मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरुको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बीमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्नेछन्।

नेपालमा दिगो यातायाततर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा एमएडब्लू वृद्धि नविन तथा ग्राहक केन्द्रित पहलमार्फत ईभीको स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध रहेको छ। बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल ईभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनेको छ।

काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैह्रीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ।

उपत्यकाबाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित शोरुमहरुमा आयोजना हुनेछ। जसले देशभरका ग्राहकलाई यो अभुतपूर्व अवसरको फाइदा उठाउन सहज बनाउनेछ।

आकर्षक अफरहरुका अतिरिक्त कार्यक्रमा रोबोटिक शो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरुजस्ता मनोरञ्जनात्मक गतिविधिहरु पनि समावेश गरिनेछ। यसले सम्पूर्ण परिवारका लागि रमाइलो र अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij