काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको लागि आगामी चैत्र ३ र ४ गते काठमाडौँमा अभिमुखीकरण प्रशिक्षणको आयोजना गर्ने भएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनु भएको छ कि सो प्रशिक्षणले सांसदहरूलाई आफ्नो भूमिका र जिम्मेवारीबारे आवश्यक जानकारी दिन मद्दत गर्नेछ।
महामन्त्री बुर्लाकोटीका अनुसार, सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजे तोकिएको स्थानमा उपस्थित भई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। प्रशिक्षण बिहान १० बजेबाट सुरु हुनेछ र दुई दिनसम्म सञ्चालन हुनेछ।
पार्टीले यस अभिमुखीकरण मार्फत सांसदहरूलाई संसदिय कार्य, नीति निर्माण प्रक्रिया र जनप्रतिनिधिको कर्तव्यबारे व्यवस्थित जानकारी दिन योजना बनाएको छ।