काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभामा समानुपातिक तर्फको सांसदको २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ। पार्टीले सूचीमा १५ जना महिलालाई अनिवार्य समावेश गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा पठाइने नामहरू फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। बैठकमा सभापति गगन थापा लगायत पार्टीका उच्च पदाधिकारीहरू सहभागी थिए।
सूची तयार गर्दा आदिवासी जनजाती, खसआर्य, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएका क्षेत्रका प्रतिनिधिहरूलाई समावेश गर्ने निर्णय भएको छ। चालिसेका अनुसार आदिवासी जनजाती र खसआर्यबाट ६–६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट प्रत्येक एक जना, र बाँकी तीन जनालाई क्लष्टर मिलाएर पठाइने छ।
प्रवक्ता चालिसेले भने, “निर्वाचन आयोगले समानुपातिक मतको आधारमा प्रत्येक पार्टीको सांसद कोटा निर्धारण गर्नेछ र हामीले बुझाएका नामहरू आयोगले सार्वजनिक गर्नेछ।” उनले थपे, अब बस्ने केन्द्रीय कमिटी बैठकमा निर्वाचनको पूर्ण समीक्षा गरी पार्टीको धारणा सार्वजनिक गरिनेछ।