२०८३ साउन ११ सोमबार

रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद, प्रस्तावित नामावली पछि सार्वजनिक गरिने

ई आर्थिक    आइतबार, चैत्र १ २०८२
2.1K
Shares
रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद, प्रस्तावित नामावली पछि  सार्वजनिक गरिने

काठमाडौँ । रास्वपाको सचिवालयको निर्णयअनुसार पार्टीले निर्वाचन आयोगमा जम्मा ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूको नामावली टुंग्याएको छ। जातीय प्रतिनिधित्व अनुसार सूचीमा खसआर्य १७, आदिवासी/जनजाती १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम ३ जना रहेका छन्। यसमा ४८ महिला र ९ पुरुष समावेश छन्।

रास्वपाको केन्द्रीय कार्यलयले जिम्मेवारी दिँदै केही कर्मचारी र सचिवालय सदस्यहरूको नेतृत्वमा तोकिएको समयभित्र यो नामावली निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता झाले जानकारी दिनुभयो।

निर्वाचन आयोगले दलहरूलाई समानुपातिक उम्मेदवार सिफारिसका लागि आजसम्मको समय तोकेको थियो।

प्रवक्ता झाले भने, “राजनीतिक र कानुनी प्रक्रिया अन्तर्गत जबसम्म निर्वाचन आयोगले सो नामहरू भेरीफाइ गरी प्रमाणित गर्दैन र रूजु गर्दैन, तबसम्म हामीले यसलाई हाम्रो तर्फबाट प्रस्तावित मात्रै मान्न सक्छौं।

त्यसैले नामहरू निर्वाचन आयोगको तर्फबाट सार्वजनिक हुने क्षणसम्म हामी कुर्नेछौं।” रास्वपाले अहिले सूची सार्वजनिक नगर्ने निर्णय गरेको छ र आयोगले रूजु तथा प्रमाणित गरेपछि मात्र नामहरू सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij