२०८३ साउन ११ सोमबार

रास्वपाले प्रतिनिधिसभामा बहुमत पाएपछि बालेन्द्रको नयाँ जिमेल अकाउन्ट सार्वजनिक, सामाजिक सञ्जालमा बहस

ई आर्थिक    आइतबार, चैत्र १ २०८२
1.6K
Shares
रास्वपाले प्रतिनिधिसभामा बहुमत पाएपछि बालेन्द्रको नयाँ जिमेल अकाउन्ट सार्वजनिक, सामाजिक सञ्जालमा बहस

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्ति प्रक्रिया पूरा हुनुअघि नै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेको देखिएको छ।

बालेन्द्रको आधिकारिक फेसबुक प्रोफाइलमा ‘[email protected]’ नामको जिमेल अकाउन्ट राखिएको देखिएको हो।

रास्वपाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बहुमत प्राप्त गरेपछि बालेन्द्र शाह प्रधानमन्त्रीका प्रमुख दाबेदारका रूपमा अघि आएका छन्। उनी पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार पनि रहेका थिए।

निर्वाचन परिणामअनुसार रास्वपाले बहुमत हासिल गरेपछि बालेन्द्र शाह प्रधानमन्त्री बन्ने लगभग निश्चित मानिएको छ। तर प्रधानमन्त्री नियुक्तिको औपचारिक प्रक्रिया पूरा हुनुअघि नै उनले ‘pm’ शब्द जोडिएको जिमेल अकाउन्ट अपडेट गरेको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले यसलाई आत्मविश्वासको संकेत भनेका छन् भने केहीले औपचारिक प्रक्रिया अघि बढ्नुअघि गरिएको यस्तो कदमलाई आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij