काठमाडौं । प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएसंगै देशभर परिचालित निर्वाचन प्रहरीहरुलाई बिहीबार विदाइ गरिएको छ। निर्वाचन सुरक्षामा सेवा दिएका प्रहरीहरुको ४० दिनको योगदानको कदर गर्दै उनीहरुलाई धन्यवाद पत्रसहित सम्मान गरिएको थियो।
नेपाल प्रहरीका अनुसार यस निर्वाचनमा कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन थिए। काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ र ललितपुरमा १ हजार ५९६ जना प्रहरी सुरक्षा कार्यमा खटिएका थिए।
त्यस्तै, सशस्त्र प्रहरी बलले पनि १५ हजार ११० जना निर्वाचन प्रहरीलाई विदाइ गरेको छ। विदाइ कार्यक्रममार्फत प्रहरीहरुको समर्पण र योगदानको सराहना गरिएको र उनीहरुलाई आगामी जिम्मेवारीमा सफलताको शुभकामना दिइएको छ।
