२०८३ साउन १० आइतबार

मध्यपूर्व तनावका बीच ५७ हजार बढी नेपालीले टिपाए विवरण

ई आर्थिक    मंगलबार, फाल्गुन २६ २०८२
1.6K
Shares
मध्यपूर्व तनावका बीच ५७ हजार बढी नेपालीले  टिपाए विवरण

काठमाडौं ।  मध्यपूर्वमा बढ्दो तनावका कारण ५७ हजार १ सय बढी नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन्। इजरायल–अमेरिका र इरानबीच बढ्दो तनाव तथा खाडी मुलुकहरूमा उत्पन्न परिस्थितिका कारण नेपाली नागरिकहरूले आफ्नो अवस्थाबारे जानकारी दिइरहेका छन्।

पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अवस्था अद्यावधिक गर्न कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमार्फत हालसम्म ५७,१०० नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। दर्ता भएका विवरणहरू प्राथमिकताका आधारमा अध्ययन गरी आवश्यक कदम चालिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ती देशहरूका केही स्थानबाट सीमित रूपमा हवाई उडानहरू सञ्चालन भइरहेको छ। नेपालतर्फ उडान सञ्चालनका सम्बन्धमा छलफल भइरहेको र इच्छुक नेपालीले उडान सञ्चालन भइरहेका स्थानहरूबाट हवाई यात्रा गर्न सक्ने व्यवस्था रहेको जानकारी मन्त्रालयले दिएको छ।

साथै, अति आवश्यक कारणले साउदी अरब हुँदै नेपाल फर्कन चाहनेले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लानसहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगमा पठाई भिसा सहजीकरणको लागि अनुरोध गर्न सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij