२०८३ साउन १० आइतबार

समानुपातिक मतगणनाको अन्तिम चरण: रास्वपाको ऐतिहासिक अग्रता, कांग्रेस दोस्रो र एमाले तेस्रो

ई आर्थिक    मंगलबार, फाल्गुन २६ २०८२
2.1K
Shares
समानुपातिक मतगणनाको अन्तिम चरण: रास्वपाको ऐतिहासिक अग्रता, कांग्रेस दोस्रो र एमाले तेस्रो

ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा नेपालको राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन देखिएको छ। नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै स्थापित दलहरूको आकारमा पनि ठूलो फेरबदल भएको छ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार हालसम्म कुल १ करोड २ लाख ५८ हजार ८४८ मत गणना भइसकेको छ। गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गर्दै पहिलो स्थानमा पुगेको छ।

समानुपातिकतर्फ खसेको कुल मतमध्ये झण्डै आधा हिस्सा अर्थात् ४९ लाख ३२ हजार २७८ मत प्राप्त गर्दै रास्वपा सबैभन्दा ठूलो दलका रूपमा देखिएको छ।

परम्परागत शक्ति मानिने नेपाली कांग्रेस १६ लाख ६८ हजार ९७८ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) १३ लाख ८६ हजार ४३१ मतका साथ तेस्रो स्थानमा सीमित भएको छ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४९ हजार ३६६ मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच कडा प्रतिस्पर्धा देखिएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७९६ मत पाउँदा राप्रपाले ३ लाख २२ हजार ४२ मत प्राप्त गरेको छ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपालले १ लाख ६८ हजार ५३७ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६४ हजार ७३२ मत ल्याएको छ।

यसपटकको निर्वाचनमा साना तथा नयाँ राजनीतिक दलहरूले पनि उल्लेख्य मत प्राप्त गर्दै नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेत गरेका छन्।

दलगत मतको पछिल्लो अवस्था: 

राजनीतिक दल प्राप्त मत
राष्ट्रिय स्वतन्त्र पार्टी ४९,३२,२७८
नेपाली काँग्रेस १६,६८,९७८
नेकपा (एमाले) १३,८६,४३१
नेपाली कम्युनिष्ट पार्टी ७,४९,३६६
श्रम संस्कृति पार्टी ३,४६,७९६
राष्ट्रिय प्रजातन्त्र पार्टी ३,२२,०४२
जनता समाजवादी पार्टी, नेपाल १,६८,५३७
राष्ट्रिय परिवर्तन पार्टी १,६४,७३२

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij