२०८३ साउन १२ मंगलबार

गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, गोरखामा ‘क्लिन स्वीप’को सम्भावना

ई आर्थिक    सोमबार, फाल्गुन २५ २०८२
1.2K
Shares
गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित, गोरखामा ‘क्लिन स्वीप’को सम्भावना

गोरखा। गोरखा–२ बाट रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश अन्तर्गत प्रतिनिधि सभा निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन्। उनले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रकाश चन्द्र दवाडी ले ११ हजार ७०० मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने ले ११ हजार ७३ मत पाएका छन्।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मिलन गुरुङ ले ३ हजार ८७ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका बलराम तामाङ ले ६३९ मत पाएका छन्।

यसैबीच गोरखा क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ अग्रस्थानमा रहेका छन्। उनले हालसम्म २४ हजार ५१ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर १ मा पनि रास्वपाले अग्रता कायम राखे गोरखामा पार्टीले क्लिन स्विप गर्ने सम्भावना बढ्दै गएको देखिएको छ। मतगणना भने अझै जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij