२०८३ भाद्र २९ सोमबार

प्रतिनिधि सभाको समानुपातिकतर्फ ८५ लाखभन्दा बढी मत गणना, राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा

ई आर्थिक    सोमबार, फाल्गुन २५ २०८२
2.1K
Shares
प्रतिनिधि सभाको समानुपातिकतर्फ ८५ लाखभन्दा बढी मत गणना, राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा

काठमाडौं ।  प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ हालसम्म ८५,२२,९४४ मत गणना भएको छ। गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा धेरै मतसहित अग्रस्थानमा रहेको छ।

प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४१,१७,२७८ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १३,८२,३४२ मत ल्याएको छ भने तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)ले ११,६५,०१५ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ६,०३,७८५ मत पाएको छ।श्रम संस्कृति पार्टीले २,९७,५९८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी को मत संख्या २,८०,४५८ पुगेको छ।

यसैबीच जनता समाजवादी पार्टी, नेपालले १,२९,३३४ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टी ले १,२३,७९० मत पाएको छ।त्यस्तै जनमत पार्टीले ५७,९१७ मत प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझै समय लाग्ने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij