२०८३ भाद्र २९ सोमबार

चार स्थानको परिणाम आउन बाँकी, परिणाम आएको १६१ मा रास्वपाको मात्रै १२४

ई आर्थिक    सोमबार, फाल्गुन २५ २०८२
2.4K
Shares
चार स्थानको परिणाम आउन बाँकी, परिणाम आएको १६१ मा रास्वपाको मात्रै १२४

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको मतगणना परिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगले सोमबार बिहान ७ बजे उपलब्ध गराएको तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गर्दै १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। जारी मतगणनामा रास्वपा थप एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेको छ।

नेपाली कांग्रेसले हालसम्म १७ निर्वाचन क्षेत्रमा जित दर्ता गरेको छ भने एक क्षेत्रमा अग्रता कायम गरेको छ। नेकपा (एमाले) ले आठ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ र एक क्षेत्रमा अगाडि रहेको छ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले सात निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने श्रम संस्कृति पार्टी तीन क्षेत्रमा विजयी भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले एक–एक निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन्।

मतगणना अझै जारी रहेकाले बाँकी क्षेत्रको परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij