२०८३ साउन ९ शनिबार

सर्लाहीमा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ : चारै निर्वाचन क्षेत्रमा विजय

ई आर्थिक    आइतबार, फाल्गुन २४ २०८२
1.4K
Shares
सर्लाहीमा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ : चारै निर्वाचन क्षेत्रमा विजय

नितिमा कार्की, रबिन महतो, नरेन्द्र कलवार र डा. अमरेश सिंह विजयी

सर्लाही : सर्लाही जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको छ। जिल्लाका चारै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका हुन्।

निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार नितिमा कार्की ४४ हजार १८१ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरेका छन्।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका रबिन महतो विजयी भएका छन्। उनले लगातार छ पटक चुनाव जितेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेन्द्र राय यादवलाई पराजित गर्दै ४२ हजार ५१२ मत प्राप्त गरेका छन्। महतोले यादवलाई ३३ हजार ९८९ मतान्तरले हराएका हुन्। पराजित यादवले ८ हजार ५ सय २३ मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका नरेन्द्र कलवार ४६ हजार ८ सय ९० मतसहित विजयी भएका छन्। उनले नेकपाका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै महत्वपूर्ण जीत हात पारेका हुन्।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका डा. अमरेश सिंह ३५ हजार ६ सय ८८ मतसहित विजयी भएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गरेका हुन्। थापाले २२ हजार ८ सय ३१ मत प्राप्त गरेका छन्। दुवैबीच १२ हजार ८ सय ५७ मतको फराकिलो मतान्तर कायम भएको छ।

यस जितसँगै सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गर्दै जिल्लाको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij