बझाङ । प्रतिनिधि सभा निर्वाचन बझाङ १ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवार ऐन बहादुर महर निर्वाचित भएका छन्। उनले कुल १८,५४३ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई स्पष्ट रूपमा पछि पार्दै विजयी भएका हुन्।
नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेही दोस्रो स्थानमा रहे, उनले १६,३०४ मत पाएका छन्।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका मिन बहादुर कुवँरले ९,७५७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेश कुमार सिंहले ९,२६३ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का भरत मल्लले ५२० मत पाएका थिए ।
यस परिणामसँगै बझाङ–१ का मतदाताले एमालेका युवा नेता ऐन बहादुर महरलाई आफ्नो प्रतिनिधि बनाउने निर्णय गरेका छन्।