२०८३ साउन १० आइतबार

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति

ई आर्थिक    बिहिबार, फाल्गुन २१ २०८२
2.3K
Shares
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति

 उदयपुर ।  उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ ।

कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।सुरक्षार्थ खटिएका प्रहरीको लापरबाहीले उदयपुरको कटारीमा गोली चल्दा मतपेटिकामा क्षति भएको छ ।

मतदान भर्खर सुरु भएका बेला कटारी–३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा प्रहरी जवानको सर्टगनबाट गोली पडकिएको थियो । गोली पड्किंदा भर्खर चार मत खसेको मतपेटिकामा क्षति पुगेको छ । मतपत्रमा भने कुनै क्षति नभएकाले अर्को मतपेटिकामा राखेर अहिले मतदान सुरु भइरहेको छ ।

सुरक्षार्थ खटिएका प्रहरी लड्दा हतियार पड्केको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले प्रष्टिकरण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij