काठमाडौं । आज हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा प्रधानमन्त्री सुशिला कार्कीले सम्पूर्ण मतदातालाई मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन्।
आज फागुन २१ का दिन जारी सन्देशमार्फत प्रधानमन्त्री कार्कीले आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूलाई अनिवार्य रूपमा मतदान केन्द्रमा पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन्।
उनले प्रत्येक मत राष्ट्रको भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छन्।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गराउन मतदाताले देखाएको संयम, धैर्य र समझदारीप्रति आभार व्यक्त गर्दै शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी हुन सबैमा अनुरोध गरेकी छन्।