काठमाडौं । सर्लाहीमा मतदान सुरु हुनेबित्तिकै तनावको स्थिति सिर्जना भएको छ।
बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै मतदाताबीच विवाद उत्पन्न भएपछि स्थिति तनावग्रस्त बनेको हो।
मतदान केन्द्रमा जम्मा भएका मतदाताबीच हुलदङ्गा भएपछि केहीबेर स्थिति नियन्त्रण बाहिर जाने अवस्था सिर्जना भएको बताइएको छ।
विवादका कारण केही समय मतदान प्रक्रिया अवरुद्ध भएको थियो। सुरक्षा निकायको हस्तक्षेपपछि स्थिति सामान्य बनेको र हाल उक्त केन्द्रमा मतदान पुनः सुरु भएको जनाइएको छ।