सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–४ अन्तर्गत जिगडवा स्थित जिगडवा आधारभूत विद्यालय मा रहेको मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतोको अचानक निधन भएको छ।
निर्वाचन कार्यमा खटिइरहेका महतोको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि लैजाने तयारी गरिए पनि घटनास्थलमै उनको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ। घटनापछि मतदान केन्द्रमा केही समय अन्योलको अवस्था सिर्जना भएको थियो।
सम्बन्धित निकायले घटनाबारे आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ भने मृतक महतोप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। साथै, उक्त मतदान केन्द्रमा निर्वाचन प्रक्रिया निरन्तरता दिने विषयमा आवश्यक समन्वय भइरहेको बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।