अबुधाबी । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ ।
यूएईमा इरानी आक्रमणको क्रममा अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय गर्ने क्रममा गोरखाका २९ वर्षीय दिवास श्रेष्ठको मृत्यु भएको पुष्टि भएको हो । श्रेष्ठ मिडिल ईस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए।
नेपाली राजदूतावास र एनआरएनए युएइले मृतकको जानकारी सार्वजनिक गर्दै उनका शव स्वदेश फिर्ता ल्याउनका लागि सहजीकरण भइरहेको जनाएको छ। यूएईको परराष्ट्र मन्त्रालयले पनि श्रेष्ठको निधनको पुष्टि गरेको छ।
यस घटनापछि अबुधाबीस्थित नेपाली दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपालीलाई संयमता अपनाउन, सुरक्षित स्थानमा रहन र यूएई सरकारद्वारा जारी सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ। एनआरएनएले पनि शव फिर्ता ल्याउने लगायतका सबै आवश्यक कार्यमा दूतावासलाई पूर्ण सहयोग गरिरहेको जनाएको छ।
