२०८३ साउन ११ सोमबार

सिद्धार्थ बैंकका ग्राहकले पेट मामा नेपालमा १० प्रतिशत सम्म छुट पाउने

ई आर्थिक    बिहिबार, फाल्गुन १४ २०८२
2.6K
Shares
सिद्धार्थ  बैंकका ग्राहकले पेट मामा नेपालमा १० प्रतिशत सम्म छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले पेट मामा नेपालमा १० प्रतिशत सम्मको छुट पाउने भएका छन् ।

सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो  ।

सम्झौता अनुसार बालुवाटार, काठमाडौं स्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरीे भुक्तानी गर्दा घर पालुवा जनावरहरुको ग्रुमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्  । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक  सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत  सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij