२०८३ साउन ११ सोमबार

प्रतिनिधिसभा निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम

ई आर्थिक    बुधबार, फाल्गुन १३ २०८२
2.4K
Shares
प्रतिनिधिसभा निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम

काठमाडौं।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर एक लाख ८६ हजार अस्थायी मतदाता कायम गरिएको छ। यी मतदाताले समानुपातिकतर्फ तोकिएका केन्द्रमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा आफ्नो नियमित मतदानस्थलमा पुग्न नसक्ने मतदातालाई अस्थायी सूचीमा समेटिएको हो। यसमा विभिन्न सरकारी निकायका कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा–कैदीलगायत समावेश छन्।

अस्थायी मतदाताका लागि १४३ मतदानस्थल तोकिएको आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij