२०८३ साउन ९ शनिबार

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी अनलाइन पोर्टलमा उपलब्ध

ई आर्थिक    बुधबार, फाल्गुन १३ २०८२
2.9K
Shares
एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी अनलाइन पोर्टलमा उपलब्ध

काठमाडौं । एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी अनलाइन पोर्टल उपलब्ध छ ।

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर-बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न अनलाइन पोर्टल सार्वजनिक गरेको हो।

बैंकले सञ्चालनमा ल्याएको यस पोर्टलमार्फत ग्राहकहरूले लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं., क्षेत्रफल, फोटो, नक्सा र स्थान पहिचानका लागि गुगल म्याप लगायतका विविध जानकारी प्राप्त गर्न सक्नेछन्। यसका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशनमा रहेको क्युआर कोड स्क्यान गरी पोर्टल https://auctionassistance.nicasiabank.com मा पहुँच गर्न सकिन्छ।

खरिद गर्न इच्छुक ग्राहकहरूले पोर्टलमा उपलब्ध म्यासेज बक्स मार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सम्पत्ति सम्बन्धी थप जानकारी सोध्न सक्ने व्यवस्था पनि बैंकले गरेको छ।

बैंकले नियमित रूपमा यस पोर्टलमा लिलाम बिक्रीमा रहेका सम्पत्ति र सम्बन्धित सूचनाहरू अद्यावधिक गर्ने जनाएको छ। एनआईसी एशिया बैंकका अनुसार, यस पोर्टलमार्फत ग्राहकहरूले बिक्री हुने सम्पत्तिहरूको विस्तृत विवरण सहितको जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्।

जयन्द्र रावल, सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) ले यो जानकारी सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij