२०८३ भाद्र ३० मंगलबार

एनआईसी एशिया बैंकका ग्राहकले अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा पाउने

ई आर्थिक    सोमबार, फाल्गुन ११ २०८२
2.1K
Shares
एनआईसी एशिया बैंकका ग्राहकले अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा पाउने

काठमाडौं।  एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो अस्पताल), नयाँ दिल्ली, भारत बीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत  राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनको तर्फबाट प्रबन्धक  विपिन शर्माले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस समझदारी अनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरूले अपोलो अस्पतालमा भर्ना हुने कोठा शुल्क, रोकथाम स्वास्थ्य परीक्षण प्याकेज र सहभागीहरूको स्वास्थ्य परीक्षण सेवामा १० प्रतिशत छुट पाउनेछन्। साथै, बाह्य रोगी परीक्षण (आउटपेसेन्ट इन्भेष्टिगेशन) मा ५ प्रतिशत छुट उपलब्ध हुनेछ। ग्राहकहरूलाई दर्ता शुल्कमा नि:शुल्क सुविधा र अन्तर्राष्ट्रिय रोगी लाउञ्जमा पहुँच समेत प्रदान गरिनेछ।

काठमाडौंस्थित अपोलो सूचना केन्द्र मार्फत अपोइन्टमेन्ट लिने ग्राहकहरूले नयाँ दिल्लीको विमानस्थलबाट होटल/अस्पतालसम्मको यात्रा सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

यो सुविधा उपयोग गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij