काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ११ किलो २ सय ७० ग्राम सहित तीन जना भारतीय नागरिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ४३ वर्षीया सामीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीय अफसाना अमिर हुसैन शेख रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र सामीना अख्तर बैग मिर्जालाई करिब ३ किलो ८ सय ७० ग्राम र अफसानालाई करिब ७ किलो ४ सय ग्राम लागूऔषध सहित पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।