२०८३ साउन ११ सोमबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले माघमा संकलन गर्‍यो ९ लाख ३९ हजार रुपैयाँ राजस्व

ई आर्थिक    बुधबार, फाल्गुन ६ २०८२
1.5K
Shares
जिल्ला प्रहरी कार्यालय सुर्खेतले  माघमा संकलन गर्‍यो ९ लाख ३९ हजार रुपैयाँ राजस्व

सुर्खेत-। जिल्ला प्रहरी कार्यालय सुर्खेतले माघमा सवारी नियम पालना नगरेका सवारीचालकबाट ९ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका प्रवक्ता मोहनजंग बुढ्थापाका अनुसार माघ महिनामा १ हजार २२ सवारीचालक कारबाहीमा परेका थिए।

यसैबीच सो अवधिमा भएका सवारी दुर्घटनामा २ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनामा २३ जना गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij