२०८३ साउन ११ सोमबार

दुर्गा प्रसाईंलाई ४ दिन प्रहरी हिरासतमा राख्न प्रशासनको अनुमति

ई आर्थिक    मंगलबार, फाल्गुन ५ २०८२
1.9K
Shares
दुर्गा प्रसाईंलाई ४ दिन प्रहरी हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौँलाई उक्त अनुमति दिएका हुन्।

प्रहरीले प्रसाईंविरुद्ध सार्वजनिक शान्ति सम्बन्धी कसुर र अफवाह फैलाएको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ। उनी सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए।

यसअघि पनि विभिन्न अभिव्यक्तिका कारण प्रसाईंलाई पक्राउ गरी हाजिर जमानीमा रिहा गरिएको थियो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij