२०८३ साउन १० आइतबार

चालु आर्थिक वर्षको ७ महिनामा ४० अर्बभन्दा बढीको विदेशी लगानी प्रतिवद्धता

ई आर्थिक    शुक्रबार, फाल्गुन १ २०८२
2.4K
Shares
चालु आर्थिक वर्षको ७ महिनामा ४० अर्बभन्दा बढीको विदेशी लगानी प्रतिवद्धता

काठमाडौँ ।  चालु आर्थिक वर्षको पहिलो सात महिनामा ५२४ वटा उद्योगमा ४० अर्ब २८ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रतिवद्धता आएको छ।

उद्योग विभागका अनुसार साउनदेखि माघसम्मको अवधिमा साना, मध्यम र ठूला उद्योग सबैमा लगानी प्रतिवद्धता बढेको देखिएको छ।

सबैभन्दा बढी लगानी सूचना प्रविधिमूलक क्षेत्रमा आएको छ, जहाँ २८८ उद्योगका लागि प्रतिवद्धता गरिएको छ।

रकमका हिसाबले भने कृषिमूलक क्षेत्रमा १४ उद्योगमा २१ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको छ। उत्पादन, पर्यटन र सेवा क्षेत्रमा क्रमशः २ अर्ब ४० करोड, १० अर्ब ८६ करोड र ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ।

साना उद्योगमा पछिल्लो महिनाहरूमा लगानी बढेको देखिनुमा पनि अर्थतन्त्रमा नयाँ प्रवर्द्धन र सम्भावनाहरू देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij