धनुषा । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ। मस्तिष्कघातका कारण उहाँको निधन भएको जनाइएको छ।
गत बिहीबार राति मस्तिष्कघात भएपछि उहाँलाई जनकपुरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो।
काठमाडौँको नर्भिक अस्पतालमा उपचारकै क्रममा सोमबार राति नगर प्रमुख यादवको निधन भएको हो।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारका अनुसार उच्च रक्तचापका कारण यादवलाई मस्तिष्कघात भएको थियो। करिब ५५ वर्षका यादव नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख हुनुहुन्थ्यो।