२०८३ साउन ११ सोमबार

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला २ लाख ९१ हजारमा कारोबार हुँदै

ई आर्थिक    शुक्रबार, माघ २३ २०८२
2K
Shares
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला २ लाख ९१ हजारमा कारोबार हुँदै

काठमाडौं।  नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन अर्थात् बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी प्रतितोला २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा बिक्री भएको थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij