२०८३ साउन ११ सोमबार

सामसङ नेपालद्वारा होली अफर घोषणा, वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट

ई आर्थिक    मंगलबार, माघ २० २०८२
2.3K
Shares
सामसङ नेपालद्वारा होली अफर घोषणा, वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट

काठमाडौं ।  सामसङ नेपालले होली पर्वलाई लक्षित गर्दै आफ्ना वाशिङ मेसिन र रेफ्रिजरेटरहरूमा आकर्षक छुट, क्यासब्याक तथा एक्सचेन्ज बोनससहितको विशेष अफर सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजरेटरका विभिन्न मोडेलमा उल्लेखनीय क्यासब्याक, एक्सचेन्ज सुविधा तथा सरल फाइनान्स विकल्प उपलब्ध गराइएको छ।

होली अफरअन्तर्गत ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका AI Ecobubble™ वाशर ड्रायर, फ्रन्ट–लोड तथा सेमी–अटोमेटिक टप–लोड वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, सिंगल डोर, डबल डोर तथा साइड–बाइ–साइड (SBS) रेफ्रिजरेटरहरूमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ।

वाशिङ मेसिन अफर

  • सेमी–अटोमेटिक टप–लोड (७ केजी) : १२% सम्म क्यासब्याक

  • फुली अटोमेटिक टप–लोड (८ केजी) : १२% सम्म क्यासब्याक

  • AI Ecobubble™ फ्रन्ट–लोड (९–१२ केजी) : २०% सम्म क्यासब्याक

  • AI Ecobubble™ वाशर ड्रायर (९–११ केजी) : २३% सम्म क्यासब्याक

रेफ्रिजरेटर अफर

  • SBS (७०० लिटर) : ११% सम्म क्यासब्याक

  • ५–इन–१ (३५०–४१९ लिटर) : १६% सम्म क्यासब्याक

  • डबल डोर (२५३–२७५ लिटर) : १७% सम्म क्यासब्याक

  • सिंगल डोर (१९२–२३० लिटर) : १५% सम्म क्यासब्याक

सामसङका वाशिङ मेसिनमा DIT मोटरमा २० वर्षको वारेन्टी तथा ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा उपलब्ध छ। त्यसैगरी, रेफ्रिजरेटरहरूमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा प्रदान गरिएको छ, जसले उपकरणको दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसनको सुविधा पनि उपलब्ध छ।

यसका साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिलो EMI विकल्पसहित सामसङ होम अप्लायन्सहरू खरिद गर्न सक्नेछन्। प्रक्रिया झन्झटरहित रहेको र नागरिकता मात्र आवश्यक पर्ने बताइएको छ।

नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूमार्फत आफ्ना पुराना उपकरणहरू साटेर (एक्सचेन्ज) नयाँ उत्पादन खरिद गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij