२०८३ साउन १० आइतबार

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण

ई आर्थिक    मंगलबार, माघ २० २०८२
2.5K
Shares
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण

तनहुँ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारका लागि मुआब्जा निर्धारण गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजना निर्माणका क्रममा लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा पुगेको क्षतिका आधारमा मुआब्जा निर्धारण गरेको आयोजना कार्यालयले जनाएको छ।

त्यस्तै, समितिले स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोेढेमा दमौली–भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति पनि निर्धारण गरेको छ।

यसैगरी, जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने ऐलानी प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गर्दै आएका क्षतिपूर्तिको विषयमा पनि समितिले छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाइएको छ।

बैठकमा मन्त्रिपरिषद् बैठकबाट तोकिएको जिम्मेवारीअनुसार आयोजनाको जलाशय तथा बफर जोनको सीमाङ्कनभित्र लामो समयदेखि खेती, उपयोग र बसोबास गर्दै आएका ऐलानी जग्गासम्बन्धी स्थलगत अध्ययन तथा सर्वेक्षणका विषयमा समेत छलफल भएको थियो।

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–१ मा बाँधलगायत हेडवर्क्स निर्माण, प्याकेज–२ मा मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण कार्य जारी छ।

आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। यसमध्ये एसियाली विकास बैंक (एडिबी)ले १५ करोड डलर, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख डलर, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख डलर र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij