२०८३ साउन ११ सोमबार

भन्सार अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा, दुई लाखभन्दा बढी रकम बरामद

ई आर्थिक    मंगलबार, माघ २० २०८२
1.3K
Shares
भन्सार अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा, दुई लाखभन्दा बढी रकम बरामद

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा पर्नेमा अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागको त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागको गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल रहेका छन्।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो।

प्रवक्ता न्यौपानेका अनुसार कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइएको १० हजार रुपियाँ, सोही स्थानबाट स्रोत नखुलेको ४० हजार ३५० रुपियाँ र निजको साथबाट स्रोत नखुलेको ९६ हजार ७० रुपियाँ बरामद गरिएको छ।

त्यस्तै, नायब सुब्बा रिजालको साथबाट घुसबापत लिइएको २० हजार रुपियाँ, स्रोत नखुलेको १८ हजार ८४८ रुपियाँ तथा अन्य स्रोत नखुलेको रकमसमेत गरी कुल २ लाख ६८ हजार २८८ रुपियाँ र विभिन्न व्यक्तिबाट लिइएका २३ थान मोबाइल फोन नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij