२०८३ साउन ११ सोमबार

एक महिनादेखिको स्वस्थानी व्रत र सालिनदी मेला सम्पन्न

ई आर्थिक    आइतबार, माघ १८ २०८२
2.6K
Shares
एक महिनादेखिको स्वस्थानी व्रत र सालिनदी मेला सम्पन्न

काठमाडौं। काठमाडौंको साँखुमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समापन भएको छ।

आज व्रतालुहरूले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी र १०८ अक्ष्यतलगायत विभिन्न पूजासामग्री प्रयोग गरी आफूले मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गर्दै विसर्जन गरेका थिए।

त्यसैगरी, पौष शुक्ल पूर्णिमादेखि जारी सालिनदी–माधवनारायण मेला पनि आज समापन भएको छ। मेलामा स्थानीय बासिन्दा, भक्तजन र पर्यटकहरूले पूजा–आराधना, सांस्कृतिक कार्यक्रम तथा विभिन्न व्यापारिक गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए।

मेलाले धार्मिक र सांस्कृतिक उत्साहसहित स्थानीय समुदायमा पर्वको वातावरण सिर्जना गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij