२०८३ साउन ११ सोमबार

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

ई आर्थिक    आइतबार, माघ १८ २०८२
2.7K
Shares
चलचित्र पत्रकार  दिनेश सिटौलाको निधन

काठमाडौँ । चलचित्र पत्रकार संघका निर्वतमान अध्यक्ष  दिनेश सिटौलाको निधन भएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेता  बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा जादा उनी अछाममा बोहोस भई काठमाडौंमा उपचारक्रममा उनको आज निधन भएको हो  ।

पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रहनु भएका सिटौलाले चलचित्र पत्रकारिताको विकास र संघ सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।  उनको निधनले चलचित्र पत्रकारिता क्षेत्रले एक अनुभवी, कर्मठ र समर्पित व्यक्तित्व गुमाएको छ।

उनको  निधनप्रति चलचित्रकर्मी, पत्रकार तथा विभिन्न संघ–संस्थाले शोक व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

उनी एन्यूरिज्म रप्चर (ब्रेन हेमरेज) का कारण ग्राण्डी अस्पतालमा उपचारका क्रममा चिकित्सकले आज दिउँसो १२ः४५ बजे उहाँलाई मृत घोषणा गरेका हुन्।

अछाममा रहँदा अचानक बेहोस भएपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij