२०८३ साउन ११ सोमबार

रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड, प्रहरीद्वारा चोरीको आशंका

ई आर्थिक    शनिबार, माघ १७ २०८२
3.1K
Shares
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड, प्रहरीद्वारा चोरीको आशंका

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित निवासको गेटमा तोडफोड भएको छ।

प्रहरीका अनुसार शुक्रबार राति अज्ञात समूहले घरको गेटमा रहेको ग्रिल फुटाएका हुन्। प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले घटनाको पुष्टि गर्दै चोरी गर्ने उद्देश्यले गेट तोडिएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको जानकारी दिनुभयो।

हाल चोरी भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घरमा घटना समयमा को–को थिए भन्ने विवरण संकलन गर्ने काम पनि भइरहेको डीएसपी बुढाथोकीले बताउनुभयो।

झापा–५ बाट चुनाव लडेका नेता शाह हाल कर्णाली क्षेत्रमा चुनावी प्रचारमा रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij