२०८३ साउन १० आइतबार

नेपालमा व्यवहारिक एआई सीप विकासका लागि ‘एआई फर अल’ अभियानको शुभारम्भ

ई आर्थिक    शुक्रबार, माघ १६ २०८२
2.4K
Shares
नेपालमा व्यवहारिक एआई  सीप विकासका लागि ‘एआई फर अल’ अभियानको शुभारम्भ

काठमाडौं।  नेपाल नेपालको प्रतिष्ठित साइबर सुरक्षा कम्पनी वान कभर प्रालि  र प्रसिद्ध एडु-टेक प्लेटफर्म दूरशिक्षा एजुकेशन नेटवर्क  ले संयुक्त रूपमा ‘एआई फर अल’ जान्ने एआईदेखि प्रयोग गर्ने एआईसम्म नामक पहल सुरु गरेका छन् । यो कार्यक्रम नेपालका विद्यार्थी, पेशेवर र संस्थाहरूलाई व्यावहारिक एआई साक्षरता प्रदान गरी सशक्त बनाउने उद्देश्यले ल्याइएको हो ।

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने लक्ष्य

एआईका बारेमा सचेत हुनु र यसलाई वास्तविक जीवनमा प्रयोग गर्न जान्नु फरक कुरा हुन् भन्ने तथ्यलाई मध्यनजर गर्दै यो कार्यक्रमले प्रयोगात्मक सिकाइ, वास्तविक प्रयोगका उदाहरण र जिम्मेवारपूर्ण एआई अवलम्बनमा जोड दिएको छ । यसले सहभागीहरूलाई शैक्षिक क्षेत्र, इन्टर्नशिप र व्यावसायिक वातावरणमा आत्मविश्वासका साथ एआई उपकरणहरू प्रयोग गर्न सिकाउँछ ।

‘जम्पस्टार्ट एआई’  १५ घण्टे विशेष प्याकेज

यस अभियानको मुख्य आकर्षण जम्पस्टार्ट एआई कार्यक्रम हो । यो १५ घण्टाको संरचित पाठ्यक्रम हो, जसलाई दुई प्रमुख मोड्युलमा विभाजन गरिएको छ:

मोड्युल १ (७.५ घण्टा): एआई र प्रम्प्ट फाउन्डेसन (Gen AI & Prompt Fundamentals) ।

मोड्युल २ (७.५ घण्टा): एआई सञ्चारका लागि अङ्ग्रेजी (English for AI Communication) ।

वान कभर प्रालिका सिइओ (CEO) चिरञ्जीवी अधिकारीले यो पहलले नेपालको बढ्दो सूचना तथा सञ्चार प्रविधि  क्षेत्रमा क्षमता अभिवृद्धि र डिजिटल रूपान्तरणका लागि सहयोग पुऱ्याउने बताउनुभयो ।

त्यस्तै, दूरशिक्षा एजुकेशन नेटवर्कका सिइओ कृष्ण पाण्डेले साइबर सुरक्षा कम्पनीसँगको यो सहकार्यले विद्यार्थीहरूलाई सुरक्षित र वास्तविक साङ्गठनिक वातावरणमा एआई कसरी प्रयोग हुन्छ भन्ने कुराको प्रत्यक्ष अनुभव गराउने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका मुख्य विशेषताहरू

मिश्रित सिकाइ विधि: ५०% प्रशिक्षकद्वारा नेतृत्व गरिएको सत्र, ३०% व्यवहारिक अभ्यास र २०% स्व-अध्ययन ।

प्रमाणीकरण: सफलतापूर्वक पाठ्यक्रम पूरा गरेपछि  एचसीएल टेक बाट प्रमाणपत्र प्राप्त हुने ।

विज्ञद्वारा तयार: एचसीएल टेकका विषय विज्ञहरू र उद्योगका पेशेवरहरूद्वारा डिजाइन गरिएको ।

समावेशी: प्राविधिक वा अप्राविधिक जुनसुकै संकायका विद्यार्थी र पेशेवरहरू सहभागी हुन सक्ने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij