काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले फेब्रुअरी महिनालाई अझ शानदार बनाउने उद्देश्यसहित बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टु गुड टु मिस!’ सेलको घोषणा गरेको छ।
दराजका अनुसार यो अभियान फेब्रुअरी १ (माघ १८) राति ८ बजेदेखि सुरु भई फेब्रुअरी ६ (माघ २३) सम्म सञ्चालन हुनेछ। अभियान अवधिभर ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर र उत्कृष्ट अनलाइन किनमेल अनुभव प्राप्त गर्नेछन्।
२.२ सेलका क्रममा विभिन्न लोकप्रिय श्रेणीका उत्पादनहरूमा ८० प्रतिशतसम्मको फ्ल्यास सेल, ६० प्रतिशतसम्मको मेगा डिल्स तथा छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधा उपलब्ध गराइनेछ।
यस सेलमार्फत दराज च्वाइस च्यानललाई विशेष रूपमा प्रस्तुत गरिनेछ। साथै, एभ्रिडे लो प्राइस (ईडीपीएल) अवधारणासहित स्वास्थ्य, सौन्दर्य, किराना लगायत दैनिक आवश्यक सामग्रीहरू वर्षभरि नै किफायती मूल्यमा उपलब्ध गराउने दराजको लक्ष्य रहेको छ। ईडीपीएल अन्तर्गत ग्राहकहरूले सेल कुर्नु नपर्ने गरी भरपर्दो मूल्य र १ देखि ३ दिनभित्रको छिटो डेलिभरी सुविधा पाउनेछन्। ‘बाइ ३, फ्री शिपिङ’ अफर तथा ४ वा सोभन्दा बढी वस्तु खरिद गर्दा निःशुल्क उपहारको व्यवस्था पनि गरिएको छ।
२.२ सेलमा विभिन्न अग्रणी ब्रान्डहरूसँग विशेष साझेदारी अफरहरू पनि समावेश छन्। प्लाटिनम पार्टनर सेटाफिलले १० प्रतिशतसम्म छुट, गोल्ड पार्टनर ब्राण्डहाउसले ५० प्रतिशतसम्म छुटसहित निःशुल्क डेलिभरी, तथा सिल्भर पार्टनर नाइक र फिन्सिराले ६० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछन्।
फेब्रुअरी १ को राति ८ बजे सुरु हुने यस अभियानको मुख्य आकर्षण क्रेजी फ्ल्यास सेल रहनेछ, जसअन्तर्गत सीमित समय र सीमित स्टकमा विशेष अफरहरू उपलब्ध हुनेछन्। साथै, अभियान अवधिभर दैनिक फ्ल्यास सेलमार्फत विभिन्न छुटयुक्त अफरहरू पनि प्रस्तुत गरिने दराजले जनाएको छ।
अझ रोमाञ्चक कुरा के छ भने, २.२ सेल अवधिभर ३ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले हालै सार्वजनिक गरिएको रेडमी नोट १५ फाइभजी (८ जीबी/२५६ जीबी) जित्ने अवसर प्राप्त गर्नेछन्।
ग्राहकको विश्वास थप मजबुत बनाउने उद्देश्यले ‘बेस्ट प्राइस ट्याग’ भएका उत्पादनहरूमा दराजले दुई गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी सुविधा पनि लागू गर्ने जनाएको छ। नेपालभित्र अन्य कुनै अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजभन्दा कम मूल्यमा भेटिएमा, तोकिएका सर्तअनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ।
अद्वितीय छुट, आकर्षक उपहार जित्ने मौका र सहज अनलाइन किनमेल अनुभवसहित २.२ फ्याबुलस फेब सेलले स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीका उत्पादनहरूमा ग्राहकको किनमेल अनुभवलाई अझ उत्कृष्ट बनाउने दराजको विश्वास छ।
२.२ सेलसम्बन्धी थप जानकारीका लागि दराजको आधिकारिक वेबसाइट, दराज नेपाल फेसबुक पेज वा दराज एप भ्रमण गर्न कम्पनीले आग्रह गरेको छ।
सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो। पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा प्रदान गर्दै आएको दराजले अत्याधुनिक प्रविधिमार्फत बिक्रेता र उपभोक्तालाई जोड्दै आएको छ। ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेटिएको समग्र पूर्वाधार विकासमार्फत दक्षिण एसियाली समुदायलाई सशक्त बनाउने उद्देश्य दराजले लिएको छ।