२०८३ साउन १२ मंगलबार

समृद्धि फाइनान्सको २४औं साधारण सभा सम्पन्न

ई आर्थिक    बुधबार, माघ १४ २०८२
2.4K
Shares
समृद्धि फाइनान्सको २४औं  साधारण सभा सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्न भएको छ ।

साधारण सभामा अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।  प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्नु हुँदै संस्थाले हालसम्म गरेका कार्यहरुको जानकारी गराउनु भएको थियो । साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिको लागि पेश गरिएकोमा सर्वसम्मतिले पारित भएको छ ।

त्यसैगरी वार्षिक साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई सर्वसम्मतिले पारित गर्दै बाँकी कार्यको लागि अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ ।

आर्थिक वर्ष २०८२/ ८३ को बाह्य लेखापरीक्षकमा आरएसएमए एसोसियट्सलाई नियुक्ति गर्ने समेत सर्वसम्मत निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij