२०८३ साउन ११ सोमबार

प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

ई आर्थिक    सोमबार, माघ १२ २०८२
2.9K
Shares
प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।

केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु गर्ने उनले जानकारी दिए। केन्द्रले यसअघि १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij