२०८३ साउन १० आइतबार

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

ई आर्थिक    शुक्रबार, माघ ९ २०८२
2.1K
Shares
अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी परेका छन्। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाका १० स्थानीय तहका ७३ उजुरी परेको जनाइएको छ।

कार्यालयका अधिकृत उदय पराजुलीका अनुसार शुक्लागण्डकी नगरपालिकाविरुद्ध १६, व्यास नगरपालिकाविरुद्ध १४, भानु नगरपालिकाविरुद्ध १२, देवघाट गाउँपालिकाविरुद्ध ११, आँबुखैरेनी गाउँपालिकाविरुद्ध सात, बन्दीपुर गाउँपालिकाविरुद्ध सात, म्याग्दे गाउँपालिकाविरुद्ध चार, भिमाद नगरपालिकाविरुद्ध एक र घिरिङ गाउँपालिकाविरुद्ध एक उजुरी परेको छ। ऋषिङ गाउँपालिकाविरुद्ध भने उजुरी नपरेको पराजुलीले बताए।

यस्तै जिल्लामा गत आवको जिम्मेवारी सरी आएका २७ वटा मुद्दा रहेको छ। गत आव र चालु आवको गरी एक सय उजुरी रहेकामा ३८ उजुरी फछ्र्योट भएको पराजुलीले जानकारी दिए।

देवघाट गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको आयोजनामा बिहीबार देवघाट गाउँपालिकामा आयोजित कार्यक्रममा पराजुलीले भ्रष्टाचार र अनियमितताविरुद्ध उजुरी कसरी गर्ने, भ्रष्टाचारको रुप, भ्रष्टाचार कसुर र सजाय (भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३-२३)का बारेमा जानकारी गराएका थिए।

कार्यालयका प्रमुख नारायणप्रसाद रेग्मीले आयोगमा उजुरी पर्दैमा डराउनु नपर्ने बताए। उजुरी परेपछि त्यससम्बन्धी निष्पक्ष छानबिन हुने र निर्दाेषलाई सफाइ र दोषीलाई कानूनअनुसार कारबाही हुने बताए। देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहले कुनै पनि काम गर्न लाग्दा अख्तियारमा उजुरी हालेर दुःख दिने गरेको उल्लेख गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij