२०८३ साउन ९ शनिबार

एनआई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता

ई आर्थिक    शुक्रबार, माघ ९ २०८२
2.2K
Shares
एनआई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता

बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

काठमाडौं ।  एनआई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई यस बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धी एक रणनीतिक साझेदारी गर्ने समझदारी भएको हो  ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रकाश विक्रम खत्रीले  हस्ताक्षर गर्नुभयो ।

यसबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर प्राप्त गर्दै निजहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न थप सहज बनाउनेछ  ।

ग्राहक महानुभावहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले सूर्यज्योति लाइफसँग गरेको यो सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमित र अभिकर्ताहरूलाई क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij