२०८३ भाद्र २८ आइतबार

मन्जुश्री फाईनान्सको २८औ शाखा थापाथली स्थित आफ्नै भवनमा सुचारु

ई आर्थिक    बिहिबार, माघ ८ २०८२
3.4K
Shares
मन्जुश्री फाईनान्सको  २८औ शाखा थापाथली स्थित आफ्नै भवनमा सुचारु

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो २८औ शाखा थापाथली स्थित आफ्नै भवनमा सुचारु गरेको छ ।

आफ्नै भवनमा केन्द्रिय कार्यालय संचालनमा ल्याए पछि, फाईनान्सले मिति २०८२, माघको ८ गते बिहीबारको दिनबाट थापाथली स्थितको भवनमा आफ्नो थापाथली शाखालाई संचालनमा ल्याएको छ ।

हाल सम्म २७ ओटा शाखा, तथा एक एक्सटेन्सन काउन्टर बाट सेवा प्रदान गर्दै आइरहेको मन्जुश्रीले ग्राहकहरुको माझ अझै नजिक हुन आफ्नो २८ औ शाखाको सेवा सुरुवात गरेको हो .

पुस मसान्तसम्ममा फाईनान्सले २४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पुस मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी २०. ०३  रुपैयाँ रहेको छ।

पौष मसान्तको कुल नाफा १३ करोड ५४ लाख रहेको यस फाईनान्सले ग्राहक सेवा तथा डिजिटल बैंकिंगमा अग्रसर रही हालै आफ्ना ग्राहकहरुका लागि फ़ोनेपेसंगको सहकार्यमा मन्जुश्री फ़ोनेपे भर्चुअल क्रेडिट कार्ड सेवाको पनि सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij