२०८३ साउन १० आइतबार

सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार

ई आर्थिक    बिहिबार, माघ ८ २०८२
1.4K
Shares
सुनचाँदीको मूल्य घट्यो,  सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार

काठमाडौं ।  नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको सुनचाँदीको मूल्य आज बिहीबार घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँ तोकिएको छ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च स्तरमा पुगेको मानिन्छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनचाँदीको मूल्य उच्च नै रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ६ सय ९५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij