२०८३ साउन १० आइतबार

निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

ई आर्थिक    मंगलबार, माघ ६ २०८२
2.5K
Shares
निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

काठमाडौं।  सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको पुनः दोहोर्‍याएको छ।

सुरक्षा मामिलाका पत्रकारसँग गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेशगत रूपमा सुरक्षा गोष्ठी गरेर एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको जानकारी दिए। उनले भयरहित वातावरणमा निर्वाचन गराउन शान्तिसुरक्षाको सुदृढ व्यवस्था गरिने बताए।

विगतको तुलनामा हाल शान्तिसुरक्षाको स्थिति सुदृढ हुँदै गएको बताउँदै गृहमन्त्रीले शान्तिपूर्ण रूपमा निर्वाचन सफल पार्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे। उनले उच्च मनोबलका साथ सुरक्षा निकाय कार्यक्षेत्रमा परिचालन भएका बताए।

सूचना प्रविधिको दुरुपयोग नियन्त्रण गर्न गृह प्रशासनको नेतृत्वमा टेलिकम, साइबर ब्यूरो र सरोकार भएका निकायको सहभागितामा आवश्यकता व्यवस्था गरिएको जानकारी उनले दिए।

गृहसचिव राजकुमार श्रेष्ठले एकीकृत सुरक्षा योजना पूर्ण कायान्वयनका साथ निर्वाचनका निम्ति शान्तिसुरक्षा प्रभावकारी बनाइएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij