२०८३ साउन ११ सोमबार

प्रधानमन्त्री कार्कीले तीन रिक्त मन्त्रालयहरूको कार्यभार सम्हाल्ने

ई आर्थिक    मंगलबार, माघ ६ २०८२
1.3K
Shares
प्रधानमन्त्री कार्कीले तीन रिक्त मन्त्रालयहरूको कार्यभार सम्हाल्ने

काठमाडौँ । तीन मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी तोकेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिएको राजीनामा स्वीकृत  गरेका हुन् ।

राष्ट्रपतिको कार्यालय महाराजगञ्जले जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधान बमोजिम ती मन्त्रीहरूले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन्। राजीनामा स्वीकृत भएसँगै उनीहरूले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकिएको छ।

तीन मन्त्रीको एकसाथ राजीनामापछि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा समेत सुरु भएको छ। यस विषयमा थप निर्णय आगामी दिनमा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij